Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंजमा संयुक्त छापामारी, भन्सार छलेका लाखौँ मूल्यका सामान बरामद

spot_img

वीरगंज (पर्सा), ६ मंसिर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१०, आदर्शनगरबाट भन्सार छलेर चोरी–पैठारीका रूपमा भण्डारण गरिएको लाखौं मूल्यका किराना सामान तथा औषधी बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको यो संयुक्त छापामार अभियान पछिल्ला महिनामै सबैभन्दा ठूलो सफलता मानिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासबाट प्राप्त विशेष सूचनाअनुसार गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा टोली परिचालन गरिएको थियो । भन्सार कार्यालयका नायब सुब्बा हफिजुल्ला अन्सारी नेतृत्वसमेतको टोलीसँग समन्वय गरी आदर्शनगरस्थित पुरानो घरमा छापा मारिएको हो । उक्त घरमा भन्सार छलि लुकाइ–छिपाइ भण्डारण गरिएको झण्डै रु. ५४ लाख २८ हजार ६ सय बराबरका सामान बरामद गरिएको छ । बरामद गरिएको सबै सामग्री आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाबाट खटिएको अर्को टोलीले पनि विभिन्न स्थानमा छापा मार्दै झण्डै रु. ३ लाख ३९ हजार १ सय ७५ बराबरका किराना, कपडा तथा हार्डवेयर सामग्री बरामद गरी भन्सारमा बुझाएको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा, बाराले विशेष सूचनाका आधारमा बारा, विश्रामपुर–४ बाट अवैध कारोबारको आशंकामा मंसिर ३ गते रु. १० लाख ८० हजार र त्यसको दुई दिनपछि शुक्रबार रु. ६ लाख १५ हजार गरी कुल रु. १६ लाख ९५ हजार बरामद गरेको छ । त्यस्तै, मंसिर ३ गते प्र.सि.सु. गुल्म वीरगंजले वीरगंज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकबाट रु. ३ लाख बरामद गरेको थियो । मंसिर ३ र ५ गरी दुई दिनमै अवैध रकम मात्रै रु. १९ लाख ९५ हजार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी नियन्त्रण, राजश्व संरक्षण तथा अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी विभिन्न इकाइहरू लगातार अभियान संचालन गरिएको छ । खुला सीमा क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै अवैध रकम ओसारपसार, लागुऔषध कारोबार, अवैध हातहतियार तथा अन्य सीमा अपराधविरुद्ध प्रहरीको कडाइ पछिल्ला दिनमा थप गरिएको छ । स.प्र.बल नेपाल नं. १३ गण हे.क्वाका गणपति पुरन चन्द्र भट्टले सीमावर्ती इलाकामा हुने अवैध गतिविधिलाई पूर्ण रूपमा निरुत्साहित गर्न सशस्त्र प्रहरी कुनै कसर बाँकी नराख्ने बताए । उनले राजश्व सुरक्षाबारे सीमावर्ती समुदायमा जनचेतनामूलक अभियानहरू निरन्तर संचालन गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once