Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

राजमार्ग विस्तार कार्य राष्ट्रिय प्राथमिकता: बनेपामा मन्त्री घिसिङको स्थलगत निरीक्षण

spot_img

काठमाडौँ,०६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको प्रगति स्थलगतरूपमा अवलोकन गरेका छन्।

शनिबार मन्त्री घिसिङले विस्तार कार्य हुँदै आएको क्षेत्रमा पुगेर निर्माणको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्। निरीक्षणका क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, हालसम्मको प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले मन्त्रीलाई जानकारी गराए।

मेयर शाक्यले बनेपाको पुल बजारदेखि पुरै बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या, संरचना हटाउने कार्य, पानी–धारा तथा विद्युत् पोल सार्ने क्रममा स्थानीयले भोग्नुपरेका कठिनाइ र आगामी योजनाहरूको विस्तृत विवरण प्रस्तुत गरे।

मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यलाई राष्ट्रिय प्राथमिकतामा रहेको परियोजना भन्दै बनेपा क्षेत्रलाई नमूना रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्माण कार्यमा देखिएका अवरोध हटाई आवश्यक सहयोग र समन्वय त्वरित रूपमा उपलब्ध गराइने आश्वासनसमेत दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once