Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

समुदाय–प्रहरी सहकार्य बलियो बनाउन कुम्हालटोलमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

spot_img
वीरगंज, ५ मंसिर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा आयोजित परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम शुक्रवार कुम्हालटोलस्थित भवनमा सम्पन्न भएको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक विक्रम सुबेदीको विशेष सहभागिता रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया रहेका थिए भने कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए । सचिव श्रवण बहादुर रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए । आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समुदाय र प्रहरीबीचको समन्वयलाई अझ सुदृढ बनाउनु, स्थानीय सुरक्षा चुनौतीबारे प्रत्यक्ष संवाद स्थापना गर्नु तथा नयाँ प्रहरी नेतृत्वसँग समुदायको नजिकको परिचय गराउनु रहेको थियो ।
सो अवसरमा वडा अध्यक्ष चौरसियाले सुरक्षा र शान्ति कायम गर्न समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै भने, ‘प्रहरीसँग हातेमालो गरेर काम गरे मात्रै वडा सुरक्षित र अपराधमुक्त बन्छ । कुम्हालटोलको सक्रिय सामुदायिक प्रहरी संरचना हाम्रो गर्वको विषय हो ।’ उनीले नियमित अन्तरक्रिया, सुरक्षासम्बन्धी जनचेतना, विद्यालयस्तरीय सचेतना कार्यक्रम र स्थानीय समस्याको प्राथमिकतामा आधारित समाधानमा जोड दिए ।
त्यसैगरी प्रहरी निरीक्षक बिक्रम सुबेदीले समुदायलाई २४ घण्टा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘समुदायका प्रत्येक नागरिकको सुरक्षाका लागि म सधैं तयार छु । कुनै पनि समस्या, सूचना वा गुनासो आए तुरुन्तै प्रहरीलाई जानकारी गराउनुहोस् । समुदायको सहकार्य बिना सुरक्षा सम्भव हुँदैन ।’ कार्यक्रममा समाजसेवी, सामाजिक अगुवाहरू, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी कञ्चनजङ्गा स्कुलका निर्देशक मार्टिन मोक्तान, मुनलाइट स्कुलका सञ्चालक श्याम केसी, ज्ञानमाया रायमाझी, तारा बिष्ट, सुशील बर्नवाल, नन्दलाल अहिरलगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरूको सहभागिता उल्लेख्य थियो । कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले व्यक्त गरेका थिए । वडा सदस्य सन्जु दहाल तथा मनोज साहको विशेष उपस्थिति पनि उल्लेखनीय रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once