एमालेद्वारा मंसिर ६ गते काठमाडौंमा शक्ति प्रदर्शन हुने

spot_img

काठमाडौं,१५ कात्तिक । नेकपा (एमाले)ले संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले उक्त अभियानअन्तर्गत मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।

शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गर्दै कार्यक्रम तालिका तय गरेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पहिलो चरणमा कात्तिक २२ गते देशभरका वडामा जनभेला आयोजना गरिनेछ। त्यसपछि कात्तिक २५ गते हरेक स्थानीय तहमा प्रदर्शन र कात्तिक २९ गते जिल्ला स्तरीय जनसभा हुने योजना छ।

अन्ततः मंसिर ६ गते काठमाडौंमा ‘संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ नारासहित ठूलो जनसभा गरिने उनले जानकारी दिए।

ज्ञवालीका अनुसार यी कार्यक्रमहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once