काठमाडौं,१५ कात्तिक । काठमाडौंको तिनकुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काभ्रे पनौतीका ३३ वर्षीय नवराज पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै, सोही दुर्घटनामा घाइते एकजना यात्रुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन भने यसबारे थप अनुसन्धान भइरहेको छ।





