Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै सरकार

spot_img

काठमाडौँ,२७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको चोटपटकको स्तर निर्धारण गर्न प्रक्रिया अघि बढाएको छ।

यसका लागि मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको छ। सो समितिमा विभिन्न क्षेत्रका १० जना विज्ञहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ।

समितिका संयोजक डा. शर्माले हाल घाइतेहरूको वर्गीकरणको मापदण्ड तयार पार्ने कार्य अगाडि बढाइएको जानकारी दिए। उनले भने, “विशेषज्ञहरूको टोलीसहित हामी अध्ययन गरिरहेका छौँ। चोटपटकलाई सामान्य, मध्यम र गम्भीर भनेर ग्रेडिङ गर्ने कार्य भइरहेको छ।”

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको संख्या २ हजार ३१६ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once