Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

शिक्षकलाई आइतबारसम्म तलब नदिए प्रधानाध्यापकमाथि कारबाही : शिक्षा मन्त्री पुन

spot_img

काठमाडौं,११ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई तोकिएको समयमा तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै मन्त्री पुनले दसैँ–तिहारको बेला शिक्षकले तलब नपाएकोबारे गुनासो व्यापक रूपमा आएको भन्दै आइतबार (असोज १२ गते) सम्म तलब उपलब्ध गराउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरू र प्रधानाध्यापकलाई निर्देशन दिएका हुन् ।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयबाट तलब रकम पहिले नै विद्यालयमा पठाइसकिएको छ। तर कतिपय प्रधानाध्यापकले अझै पनि तलब वितरण नगरेको गुनासो आएको उनले बताए। “यदि आइतबारसम्म शिक्षकलाई पारिश्रमिक निकासा नभएमा त्यस्ता प्रधानाध्यापकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही हुनेछ,” मन्त्री पुनले चेतावनी दिए ।

उनले दसैँ–तिहार जस्ता प्रमुख चाडपर्वको अवसरमा शिक्षकलाई तलब नदिने कार्य अन्यायपूर्ण मात्र नभई अस्वीकार्य भएको उल्लेख गर्दै शिक्षकहरूको हकहितमा सरकारले दृढता देखाउने पनि स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once