Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

आयल निगमको स्पष्टिकरण : पृथ्वी राजमार्गमा इन्धन अभाव छैन

spot_img

काठमाडौं,११ असोज । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ ।

मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।

पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

‘मुगलिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once