Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

मुग्लिन–नारायणगढ सडक दिउँसो दुई घण्टाका लागि बन्द हुने

spot_img

काठमाडौं,०६ असोज । मुग्लिन–नारायणगढ सडक खण्ड आज (असोज ६ गते) दिउँसो दुई घण्टा बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात रोक्ने जनाएको हो ।

चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सवारी आवागमन रोक्न लागिएको कार्यालयले जनाएको छ ।

सो स्थानमा पहिरो पन्छाएर हाल एकतर्फी गाडी गुडिरहेको छ ।

‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once