Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

पर्साकाे पोखरिया नगरपालिका–७ बाट १९ किलो चरेस फेला

spot_img

वीरगंज,०६ असोज । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँबाट १९ किलोभन्दा बढी चरेस बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल बि.ओ.पि. प्रसौनी भाठ्ठाबाट खटिएको टोलीले साेमबार बिहान करिब १ बजे उक्त चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरिक्षक चेतन बाह्रकाेटीकाे कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली तलासी गर्दा २ वटा कालो झोलामा कार्टुनभित्र १९.१२६ केजी अवैध लागुऔषध फेला परेको सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टले जानकारी दिए । घटनास्थलमा कोही पनि व्यक्ति फेला नपरेकाेले पक्राउ गर्न नसकिएकाे सशस्त्र प्रहरीले जनाएको छ ।

थप मद्दतका लागि सुरक्षा बेश क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरी नायब उपरिक्षक सम्भु कटुवालको गाडी तथा मोबाइल टोलीले बरामद गरिएको चरेस जिम्मामा लिएर ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once