Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

रानीघाटमा दुर्गा पूजा सेवा समितीद्वारा २५औँ पटक रक्तदान, १०५ जनाले गरे सहभागिता

spot_img

वीरगंज,०४ असोज । दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा शनिबार २५ औँ पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन् ।

समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी सोनि पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुश्वाहा, रितेश सुबेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमार लगायतकाले रक्तदान गरे ।

कार्यक्रम वीरगंज–९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । रक्तदाताहरूलाई प्रोत्साहनका लागि वडाध्यक्ष गुप्ताले १५० थान टी–सर्ट सहयोग गरेका थिए ।

रानीघाटस्थित दुर्गा पूजा स्थलमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार, रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सल्लाहकार गोपाल रौनियार र राजु गुप्ता उपस्थित थिए ।

कार्यक्रममा समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रबि रौनियार, कपडा बैंकका अध्यक्ष लाल बाबू सिंहलगायतको समेत सक्रिय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once