Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

गौर कारागार घटना : फरार कैदीलाई स्वेच्छाले आत्मसमर्पण नगरे थप ५ वर्ष कैद

spot_img

वीरगंज,३१ भदौ । रौतहटको गौरस्थित कारागारबाट भदौ २४ गते फरार भएका कैदीबन्दीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटले तत्काल आत्मसमर्पण गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार फरार भएकामध्ये केही कैदीहरू प्रहरी सम्पर्कमा आइसकेका छन्, तर अझै पनि ठूलो संख्यामा कैदीबन्दीहरू सम्पर्कबाहिर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “फरार सबै कैदीबन्दीहरूले अविलम्ब नजिकको प्रहरी कार्यालय वा गौरस्थित कारागार कार्यालयमा सम्पर्क राखी आत्मसमर्पण गर्नुपर्छ।”

प्रवक्ताले कारागार ऐन, २०७९ को दफा ४९ (ग) अनुसार कानुनी कारबाहीको चेतावनी दिँदै भनेका छन्, “यदि फरार कैदीबन्दीहरू स्वेच्छाले सम्पर्कमा नआई भागी हिंडेमा, उनीहरूलाई थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।”

फरार कैदीबन्दीहरूको खोजी तीव्र पारिएको र नियन्त्रणमा लिन विशेष प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ। सार्वजनिक सुरक्षाका लागि सबै निकायहरू समन्वयमा रहेर काम गरिरहेको समेत जनाइएको छ।

कारागारबाट कैदीहरू फरार भएपछि रौतहटमा सुरक्षा सतर्कता बढाइएको छ भने सीमावर्ती क्षेत्रहरूमा समेत निगरानी कडा पारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once