Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा : भ्रष्टाचार छानबिन आयोग गठन हुने

spot_img

काठमाडौं,३१ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र अनियमिततामाथि छानबिन गर्न छुट्टै आयोग गठन गर्ने घोषणा गरेकी छन् ।

जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै यो कदम चालिएको उनले बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा बताइन्। प्रधानमन्त्री कार्कीका अनुसार, यो आयोगले भ्रष्टाचारको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बाटो तयार पार्नेछ, जसले अर्को सरकारलाई सहज हुनेछ। उनले भनिन्, ‘कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ। तर हामी बाटो चाहिँ बनाउँछौं।

दमनको छानबिन र सरकारको समयसीमा

मन्त्रिपरिषद्को बैठकले भ्रष्टाचारसम्बन्धी आयोग बनाउने सैद्धान्तिक निर्णय गरिसकेको छ। यसबाहेक, जेन(जी आन्दोलनको दमनबारे छानबिन गर्न पनि तीन सदस्यीय आयोग बनाउने तयारी भएको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको कार्यकाल ६ महिनाको मात्र भएकाले यस अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको बताएकी छिन्। यसबाट सरकारले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्न गम्भीरतापूर्वक काम गर्ने संकेत मिलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once