Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

भारी वर्षाले काठमाडौँ–हेटौँडा जोड्ने दुवै मार्ग अवरुद्ध

spot_img

चितवन,०७ भदौ । गएराति र हिजो बेलुकी काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका खोलानालामा बाढी आएको छ । केही ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका दुई वटा सडक सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ भर्लेडाँडामा हिजो दिउँसो वर्षाका कारण ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैगरी वर्षासँगै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका बागझुरामा गिट्टी बालुवासहित भलपानी झर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । काठमाण्डौ जोड्ने मुख्य नाका मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमा भने कुनै समस्या नरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once