Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

काभ्रेमा ट्रक–मोटरसाइकल दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

spot_img

काभ्रेपलाञ्चोक,०४ भदौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बिहान सिरहाबाट पाँचखाल आउँदै गरेको ना७ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट काभ्रेको कोशीपारितर्फ जाँदै गरेको बा९३प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका-८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए ।

दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले सञ्चालनमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once