Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

खिम्ती–मन्थली सडक भासिँदै अवरुद्ध, यातायात एकतर्फी सञ्चालनमा

spot_img

काभ्रेपलाञ्चोक,०४ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि अवरुद्ध भएको मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक भासिएका कारण बुधबार बिहानैदेखि ठुला सावारी साधनहरू रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार सडक मर्मत भएर एकतर्फी सवारी सञ्चालनमा आएको जानकारी दिए ।

गतवर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीले कटान गर्दा सडक जालीसँगै सडक भासिएको थियो ।

रामेछापको अधिकांश गाउँलाई सदरमुकामसँग जोड्ने सडक अवरुद्ध हुँदा उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानीतर्फ गएका यात्रुहरू बीचमै रोकिनु परेको थियो ।

त्यस्तै दोलाखाको तामाकोशी गाउँपालिका-४ मालुखोला नजिकै ढुङ्गा झरेर अवरुद्ध भएको सडक समेत खुलेको छ ।

मंगलबार राति ९ बजे मालुखोला नजिकै चरिकोट मन्थली सडक खण्डमा माथिबाट ढुङ्गा झरी सडक पूर्ण रुपमा अवरोध भएकोमा सडक विभाग, स्थानीय र प्रहरीको सहयोगमा सडक सञ्चालनमा आएको दोलखा जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once