Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

ट्रक–मोटरसाइकल दुर्घटनाः श्रीमतीले गुमाइन् ज्यान, श्रीमान अस्पतालमा

spot_img

झापा,०३ भदौ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका–७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।

उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालिगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once