Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्यमा समस्या

spot_img

काठमाडौं,०२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । लामिछानेको स्वास्थ्यमा समस्या देखिएको पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले बताएका छन् ।

‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ । भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ । लगत्तै सभापतिलाई भेट्न आएँ । उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’ उनले भने ।

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका हुन् । कारागार स्रोतले पनि सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको जनाएको छ । सभापति लामिछानेलाई जन्डिस (कमलपित्त) को आशंका गरिएको छ । जन्डिसको आशंका हुने बित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले जनायो ।

‘उहाँलाई जन्डिसको आशंका गरिएको छ । रगत झिकेर परीक्षणका लागि नमूना वीर अस्पताल लगिएको छ,’ कारागार स्रोतले भन्यो । सहकारी ठगी प्रकरणमा पुपक्र्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once