Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

भदौको सुरुवातमै शेयर बजारमा ठूलो गिरावट, नेप्से २७ अंकले ओरालो

spot_img

वीरगंज,१ भदौ । नयाँ आर्थिक वर्षको पहिलो महिनाको पहिलो कारोबार दिनमै शेयर बजारमा ठूलो गिरावट आएको छ।

आज नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ दशमलव २२ विन्दुमा झरेको छ। यो गिरावटले लगानीकर्ताहरूमा निराशा छाएको छ। आज सबै समूहको शेयर घटेको छ। सबैभन्दा बढी गिरावट आउनेमा व्यापार समूह १ दशमलव ६४, अन्य समूह १ दशमलव ३४ र माइक्रोफाइनान्स समूह १ दशमलव ३१ रहेका छन् ।

कारोबार रकम बढ्दा पनि घट्यो बजार

बजार घटे पनि कारोबार रकम भने बढेको छ। गएको बिहीबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ७ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ। यसले बजारमा बिक्री चाप बढेको संकेत गर्छ।

आज सम्पदा लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ। यद्यपि, बजारको विपरीत राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड-१ को शेयर भने झन्डै ८ प्रतिशतले बढेको छ। लगानीकर्ताहरूमा नयाँ आर्थिक वर्षको सुरुवातमा बजारले सकारात्मक गति लिने अपेक्षा रहे पनि आजको गिरावटले भने केही अनिश्चितता थपेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once