Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

मधेशमा शान्ति, सुशासन र सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता: प्रधानमन्त्री ओली

spot_img

जनकपुर,३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा सुशासन कायम गर्न र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आवश्यक निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरीलाई “जनतालाई प्रारम्भिक सेवा र न्याय दिने” संस्थाको रूपमा विकास गर्नुपर्ने बताए। उनले सुशासनका दुई मुख्य पक्ष भ्रष्टाचार नियन्त्रण र छिटोछरितो सेवा प्रवाहमा सरकार कटिबद्ध रहेको बताए।

उनी मधेशमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने प्रवृत्ति तुरुन्त अन्त्य गर्न प्रहरीलाई निर्देशन दिए। साथै, लागूऔषधको समस्या बढ्दो अवस्थाबारे चिन्ता व्यक्त गर्दै खुला सीमा नाजायज फाइदा उठाउनेलाई रोक्न र राजस्व छली तथा लागूऔषध कारोबार नियन्त्रण गर्न सुरक्षा बललाई कडाइका साथ निर्देशन दिए।

प्रधानमन्त्री ओलीले २१ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मधेश प्रदेश प्रहरी कार्यालयको भवन निर्माणमा सहयोग पुर्‍याएकोमा मधेश प्रदेश सरकारलाई धन्यवाद पनि दिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले हालै जनकपुरमा नेपाल पत्रकार महासंघ र बार एसोसिएसनबीच भएको विवादलाई लक्षित गर्दै कानुनी बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उनले भने, “कानुन संवादबाट हुने कुरा जोर–जबरजस्ती गरेर समाधान गर्नु हुँदैन। यस्ता गतिविधि फेरि नदोहोर्‍याउनु होला।”

यसअघि पत्रकार महासंघ मधेश प्रदेशले जग्गा विवादमा अधिवक्ताहरूको समूहले आफ्ना पत्रकारमाथि आक्रमण गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once