आचार्य एकेडेमीमा विद्यार्थी लक्षित निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

spot_img

अमोद शर्मा

वीरगंज,२९ साउन । विद्यार्थीहरूको मुख स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले वीरगंज–३, प्रगतिनगरस्थित आचार्य एकेडेमीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा सन्चो डेन्टल क्लिनिककी डा. नेहा साहको नेतृत्वमा आएको चिकित्सक टोलीले विद्यार्थीहरूको दाँतको परीक्षण गरी आवश्यक परामर्श, उपचार सम्बन्धी सल्लाह तथा मुख स्वास्थ्य जोगाउने उपायहरूबारे जानकारी प्रदान गर्‍यो।

कार्यक्रम सफल बनाउन सरोज कुमार शाह, कन्हैया कुमार मण्डल, ओम प्रकाश शाह र नितेश कुमार शाहले उल्लेखनीय सहयोग गरेका थिए।

विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले विद्यार्थीलाई दाँत सफा राख्ने बानीलाई जीवनशैलीको अङ्ग बनाउने सुझाव दिनुभयो। नियमित मुख परीक्षण र दन्त स्वच्छताले गम्भीर रोगबाट बच्न सकिने बताउँदै उहाँले यसबारे सचेतना फैलाउन सबैलाई आग्रह गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once