Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

उपचारका क्रममा कैदीको मृत्यु, नारायणी अस्पतालको अवस्था तनावग्रस्त

spot_img

वीरगंज,२७ साउन । वीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एकजना कैदीको मृत्यु भएको छ । वीरगंज महानगरपालिका-२५ को घर भएका कैदी राहुल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रमुख गौतम मिश्रले जानकारी दिएका हुन् ।

मिश्रका अनुसार बिहान वीरगंज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्य समस्या आएको थियो । ‘उनलाई तत्कालै अस्पतालमा लगियो, तर त्यहाँ उनको मृत्यु भयो,’ उनले भने ।

मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काट्दै आएका थिए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्षको सजायको फैसला रहेको पर्सा प्रहरीले जनाएको छ ।

यता उपचारका क्रममा साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको भन्दै मृतकका आफन्तहरूको आरोप छ। घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once