Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
21.1 C
Kathmandu

गढीमाई मन्दिरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

spot_img

वीरगंज,२६ साउन । विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको सौन्दर्य र वातावरणीय सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले महागढीमाई फाउण्डेशनले ‘स्वच्छ वातावरण, समृद्ध समाज’ भन्ने मूल नारासहित वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, शिक्षाविद् र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानलाई वल्र्ड लिंक बाराले सहयोग र महागढीमाई नगरपालिकाले सहकार्य गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै भने, “हरियाली विकास बिना समृद्धि सम्भव छैन।“ उनले यस्तो अभियानले जीवनशैली परिवर्तन गर्दै सामाजिक रूपान्तरणमा समेत टेवा पु¥याउने बताए।

त्यस्तै, खल्ती एपका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे। उनले फाउण्डेशनको सामाजिक क्रियाकलापप्रति प्रशंसा जनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वल्र्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जितेन्द्र गुप्ता, श्री गढीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादव लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूलाई गम्छा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गरेका थिए भने सञ्चालन जयराम कुशवाहाले गरेका थिए।

वृक्षारोपणमा विभिन्न जातजाति र समुदायका स्थानीय युवाहरूको सक्रिय सहभागिताले सामाजिक ऐक्यबद्धताको सन्देश दिएको छ। फाउण्डेशनले भविष्यमा पनि यस्ता वातावरणमैत्री र समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यसले स्थानीय वातावरणमा सकारात्मक परिवर्तन ल्याउँदै प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once