Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
22.1 C
Kathmandu

स्मिथ बनिन् विश्वकै महँगो महिला फुटबलर

spot_img

काठमाडौं,०२ श्रवान । क्यानडाकी फरवार्ड ओलिभिया स्मिथ विश्वकै सर्वाधिक महँगो फुटबलर भएकी छन् ।

बिहीबार आर्सनलले स्मिथलाई हालसम्मकै कीर्तिमानी रकम तिरेर टोलीमा भित्र्याएको हो । आर्सनलले स्मिथलाई एक मिलियन पाउन्डमा चार वर्षको लागि अनुबन्ध गरेको छ ।
यसअघि अमेरिका तथा इंग्लिस क्लब चेल्सीकी रक्षक नाओमी गिर्मा सर्वाधिक मूल्यमा अनुबन्धित भएकी थिइन् । क्लबले गत जनवरीमा गिर्मालाई नौ लाख पाउन्डमा भित्र्याएको थियो ।

२० वर्षको उमेरमा कीर्तिमान रेकर्ड बनाएकी स्मिथले सन् २०२२ मा क्यानेडियन क्लब अर्थ टोरोन्टो निट्रोसबाट व्यवसायिक फुटबलमा डेब्यु गरेकी थिइन् ।

स्मिथले त्यसपछि सन् २०२३–२०२४ मा पोर्चुगिज क्लब स्पोर्टिङ सीपी र सन् २०२४–२०२५ मा इंग्लिस क्लब लिभरपुलबाट खेलेकी थिइन् । उनले लिभरपुलबाट २० खेल खेल्दा सात गोल गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once