Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
22.1 C
Kathmandu

मछिन्द्र र चर्च ब्वाइजको खेलमा बराबरी, प्रतिस्पर्धा जारी

spot_img

काठमाडौं,०२ श्रवान । मछिन्द्र क्लब र साविक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यू–१६ युथ लिगमा बराबरी खेल खेलेका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा मछिन्द्र र चर्च ब्वाइजले १–१ को बराबरी खेलेका छन् ।

खेलमा मछिन्द्रले अग्रता लिए पनि जोगाउन नसक्दा चर्च ब्वाइजले गोल फर्काउँदै बराबरी गरेको हो । दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औँ मिनेटमा राहुल कुमार योञ्जनको गोलमा मछिन्द्रले अग्रता लियो । तर, मछिन्द्रले अग्रता जोगाउन सकेन । ७८औँ मिनेटमा सुशन थापा मगरले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए ।

यो नतिजासँगै दुवै टोलीले अंक बाँडेका छन् ।

बराबरीबाट मछिन्द्रले लिगमा १४ अंक जोडेको छ । मछिन्द्रले ६ खेलमा चार जित र दुई बराबरीबाट १४ अंक जोडेको हो । उसले अब पाँचौँ जितको निम्ति विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल आगामी सोमबार दिउँसो ४ बजे हुनेछ ।

पहिलो खेल बराबरी खेलेको चर्च ब्वाइजले भने लिगमा सात अंक बनाएको छ । चर्च ब्वाइजले ६ खेलमा दुई जित, एक बराबरी र तीन हारबाट सात अंक जोडेको हो । अब तेस्रो जितको निम्ति टोलीले श्री भगवती क्लब टोखासँग खेल्नेछ । खेल आगामी सोमबार बिहान १० बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once