ठोरी गाउँपालिकाले ५१ करोड ५४ लाखको बजेट ल्यायो

spot_img

वीरगंज,०५ जेष्ठ । पर्साको ठोरी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड बढीको बजेट ल्याएको छ । बुधबार ठोरी–४ घेयाङ डाँडाििस्थत गाँउपालिका कार्यालयको सभाकक्षमा आयोजित ठोरी गाँउपालिकाको गाँउसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष गोकुली कुमारी रेग्मी आगामी आर्थिक वर्षका लागि ५१ करोड ५४ लाख ६४ हजार ८५२ रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा आन्तरिक राजश्व ३० लाख रुपैयाँ, संघ सरकारका तर्फबाट प्राप्त हुने अनुदान ३२ करोड ४१ लाख, प्रदेश ससरकारबाट प्राप्तत हुने अनुदान १ करोड ९५ लाख ,संघ सरकारबाट राजश्व बाँडफाँडतर्फ प्राप्त हुने ६ कराृड ९७ लाख ७२ हजार,प्रदेश सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने ७७ लाख रुपैयाँ रहेको छ । यस्तै संघ सरकारबाट सामाजिक सुरक्षा भत्ता बापत हुने रकम ९ करोड ५० लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले जानकारी गराए ।

गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजजय साह सोनारको प्रमुख आतिथ्यतामा भएको गाँउसभामा पाँच वटै वडाका वडाध्यक्ष, गाँउकार्यपालिका सदस्य, वडा सदस्य , राजनीतिक दलका प्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतकाकोपनि सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once