Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
21.1 C
Kathmandu

दुई करोड बढीको गहनासहित ४ जना पक्राउ

spot_img

काठमाडौं,२८ जेष्ठ । नेपाल प्रहरीले दुई करोड बढी मूल्यका सुन, हिरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज घटना विवरण सार्वजनिक गरेको हो ।

उक्त अनुसन्धानमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएका थिए ।

सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको सुन, हीरा तथा पत्थरका गरगहना फेला पारी बरामद गरिएको बोहराले बताए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once