Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

नागढुंगामा ४५ लाखको अवैध सुन बरामद, एक जना पक्राउ

spot_img

काठमाडौं,२३ जेष्ठ । नागढुंगाबाट प्रहरीले ४५ लाख बढीको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन्। उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ। पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once