पटेर्वा (पर्सा) ,१५ जेष्ठ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ स्थित टोल निचुटामा आजबाट प्रथम निचुटा प्रीमियर लिग २०८२ क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु गरिएको छ।
कार्यक्रम प्रतियोगितामा मधेस प्रदेश सरकारका माननीय खेलकुद मन्त्री प्रमोद जयसवाल र कार्यक्रमको सभापति वडा नं. ५ का वडा अध्यक्ष विपिन मुखिया प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।
कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीमध्ये प्रमोद उपाध्याय, राजदेवप्रसाद चौधरी थारु, वडा सचिव श्यामसुन्दर चौधरी र वडासदस्य मदन मिश्रा प्रमुख रूपमा सहभागी हुनुहुन्थ्यो।
प्रतियोगितामा विजेता टोलीलाई नगद रु २०,०००-/ साथमा शिल्ड, मेडल र ट्रफी र उपविजेता टोलीलाई नगद रु १०,०००-/ शिल्ड, मेडल र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।
यस प्रतियोगिता वडा अध्यक्ष विपिन मुखियाको आर्थिक सहयोगमा सुरु गरिएको जनकारी दिए । आयोजकहरूका अनुसार प्रतियोगिताको उद्देश्य गाउँस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्नु तथा युवा पुस्तामा सकारात्मक ऊर्जा र प्रतिस्पर्धात्मक भावना विकास गर्नु रहेको छ।
कार्यक्रमको सहजीकरण राजकुमार साहले गर्नु भएको थियो।





