Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
20.1 C
Kathmandu

माउन्ट मकालु स्कुलमा आयोजित नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न

spot_img

वीरगंज,०९ जेष्ठ । वीरगंज महानगरपालिका वडा नम्बर १० मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

शिविरमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू तथा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको आँखा परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिए ।

प्रिन्सिपल श्रीवास्तवका अनुसार परीक्षणमा सहभागी भएका व्यक्तिहरूमध्ये कुनैमा दृष्टिदोष, मोतियाबिन्दु, वा अन्य समस्या देखिएमा थप उपचारको लागि आवश्यक सहयोग विद्यालय र सामुदायिक अस्पतालले संयुक्त रूपमा गर्ने प्रतिबद्धता जनाएका छन् । अपरेसन, औषधोपचार तथा चश्माको खर्च समेत विद्यालयले व्यहोर्ने भएको छ ।

“विद्यालय केवल शैक्षिक गुणस्तरमा मात्र सीमित छैन, स्वास्थ्य, सामाजिक र बौद्धिक विकासका पक्षहरूलाई समेत समेटेर समग्र रूपमा विद्यार्थीहरूलाई सक्षम बनाउने हाम्रो लक्ष्य हो,” श्रीवास्तवले भने।

शिविरको अवसर पारेर विद्यालयमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरिएको थियो, जसमा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूको आत्मविश्वास, तर्कशक्ति र प्रस्तुतीकरण क्षमतामा उल्लेखनीय सुधार आउने विद्यालय प्रशासनले विश्वास लिएको छ ।

प्याब्सन वीरगंज महानगरका अध्यक्ष समेत रहेका श्रीवास्तवले आगामी दिनमा विद्यालय स्तरमै विभिन्न सृजनात्मक तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू सञ्चालन गरिने जानकारी दिए । “हामी प्रत्येक विद्यार्थीको बहुआयामिक विकासमा विश्वास गर्छौं,” उनले भने, “त्यसैले हामीले स्वास्थ्य, सिर्जनात्मकता र सामाजिक चेतनासमेत शिक्षा प्रणालीको अभिन्न हिस्सा बनाएका छौं।”

विद्यालयमा नियमित रूपमा सरसफाइ अभियान, बृक्षरोपण, रचना लेखन, खेलकुद, कला तथा संगितका कार्यक्रमहरू आयोजना गरिँदै आएको समेत विद्यालय प्रशासनले जनाएको छ।

स्थानीय अभिभावक, समाजसेवी तथा स्वास्थ्यकर्मीहरूले विद्यालयको यो पहललाई अत्यन्त सराहनीय कदम भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once