Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
16.1 C
Kathmandu

२५ लाखको लागतमा बहुदरमाईमा क्रिकेट मैदान बन्ने

spot_img

वीरगंज,०४ जेष्ठ । बहुदरमाई नगरपालिका–२, पिपरास्थित तिलावे नदी किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै नयाँ क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ।

यो परियोजना मधेश प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा सुरु गरिएको हो। शिलान्यास समारोहमा नेकपा एमालेका नेता शिव पटेल, बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं–५ का वडाध्यक्ष सुनिल कुशवाहा, कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी तथा अधिवक्ता सुनिल कुशवाहालगायतको सहभागिता थियो।

कार्यक्रममा बोल्दै नेता पटेलले नेपालमा क्रिकेटप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको बताए। युवाहरू र विद्यार्थीहरूमा खेलप्रतिको झुकाव उच्च रहेको उल्लेख गर्दै उनले भने, ‘अब सहर मात्र होइन, गाउँगाउँमा पनि क्रिकेट सिक्न र खेल्न सकिने वातावरण तयार पार्न हामीले मैदानको शिलान्यास गरेका हौं।’

निर्माण कार्य अन्तर्गत मैदानमा पर्खाल निर्माण, माटो पुर्ने, ग्राउण्ड सम्याउने, र पिच तयार गर्ने कार्यहरू समावेश छन्। पटेलका अनुसार निर्माण कार्य यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

यस क्रिकेट मैदानले स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने र उनीहरूलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्म दिने अपेक्षा गरिएको छ। यो परियोजनाले मधेश प्रदेशमा खेलकुद पूर्वाधारको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। हाल नेपालमा क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ, र नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताहरूले युवाहरूलाई थप प्रेरित गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once