जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन

spot_img

काठमाडौं,२९ वैशाख । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन जारी भएको छ ।

सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गर्दै जडीबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५÷१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा वैशाख १० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूबाटै हटाउन/भत्काउन मुनासिब माफिकको म्याद तोकी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

साथै तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once