Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
23.1 C
Kathmandu

आजको विदेशी मुद्रा विनिमय दर: कुन देशको कति?

spot_img

काठमाडौं,२८ वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आजको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरोको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा रहेको छ। क्यानाडियन डलरको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा छ भने कतारी रियालको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा छ।

त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा रहेको छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा छ भने मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा छ भने डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा छ भने बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा रहेको छ। ओमनी रियालको खरिददर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकले यस विनिमयदरमा आवश्यक परे जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरहरू भने खुला बजारको अवस्थाअनुसार फरक हुन सक्नेछन्, र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once