काठमाडौं— काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट एक युवकले हामफालेर ज्यान गुमाएका छन्। शनिबार दिउँसो, गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षीय स्वरुपराज आचार्यले अस्पतालको छतमा रहेको क्याफेको रेलिङबाट हामफाल्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्कालै इमरजेन्सी कक्षमा पुर्याङइएको भए पनि, आचार्यको उपचारकै क्रममा निधन भएको प्रहरी वृत्त महाराजगञ्जका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
घटनाको कारण खुल्न नसके पनि, आचार्यले नियमित रूपमा सोही क्याफेमा कफी पिउन आउने गरेको बताइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ, भने आचार्यको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।





