Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

८ लाख बराबरको अवैध तथा भन्सार छलिका सामान भन्सारमा बुझाइयो

spot_img

वीरगंज,३१ असार । सशस्त्र प्रहरी पर्साले ८ लाख २२ हजार २१५ मुल्य बराबरको सामान वीरगञ्ज भन्सारमा दाखिला गरेको छ । सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेका अवैध र भन्सार छलिका सामान भन्सार दाखिला गरेको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले वीरगञ्ज १४ गण्डक चोकबाट भारतबाट भन्सार छलिका सामान सार्वजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरेको छ । ३ लाख २९ हजार ४६५ मुल्य बराबरको किराना र हार्डवयरका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी आईतबार मितिमा प्रहरी सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको टोलीले वीरगञ्ज–१७ अलौ चौकबाट १ लाख ४१ हजार ९९० बराबरको कपडा र किराना सामान बरामद गरेको छ । प्र.सी.सु. गुल्म वीरगञ्जबाट खटिएको मोबाईल टोलीले वीरगञ्ज–१६ बाँसझ्याङ्ग ईलाकाबाट २ लाख ४७ हजार ७६० मुल्य बराबरको लेडिज कपडा, किराना सामान गरेको छ ।

यस्तै रु. ८०,००० बराबरको १ वटा पशुचौपाया (भैसी) नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । बि.ओ.पि. ड्राईपोर्टबाट खटेको मोटरसाईकल गस्ति टोलीले पनि वीरगञ्ज २४ बहुअरी चोकबाट २३ हजार बराबरको किराना सामान बरामद गरि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once