Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित

spot_img

काठमाडौं,१५ जेठ । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै १२० रन मात्र बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले १०, आसिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्वाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।

त्यस्तै नेपालका बलर अविनाश बोहोराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलसन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए ।

अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिका विरुद्ध खेल्ने तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once