Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

जिल्ला लिग फुटबल प्रतियोगिता : दुबै टिम एक-एक अंक बाडे

spot_img

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब बगही र शक्ति युवा क्लब परवानीपुरले बराबरी खेलेका छन ।पर्सा जिल्ला फुटबल संघको आयोजनामा आदर्शनगर खेल मैदानमा जारी खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले १-१ गोलको बराबरी खेलेका हुन । खेलको पहिलो हाफमा शक्ति युवा क्लबका विशाल ढुङेलले गोल गरेका थिए ।

खेलको सुरु मै पहिलो गोल गरेर अग्रता बनाएको शक्तिले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो । त्यसपछि खेलको अन्तिम समय सम्ममा दुबै टिम आफ्नो स्कोर अगाडि बढाउन सकेनन् । आजको खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका क्षितिज तामाङ भए ।

अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए । भोलिको खेल लालिगुरास युथ क्लब विर्ता र ग्यालेक्सी युवा क्लब पिपरा बीच हुने महासचिव परीयारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once