Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
18.1 C
Kathmandu

त्रिकोणात्मक टी–२० सिरिजकाे फाइनलमा नेपाल पपुवा न्युगिनीसंग पराजित

spot_img

काठमाडौं,३०फागुन । हङकङमा आयाेजित त्रिकोणात्मक टी–२० सिरिजकाे फाइनलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)संग पराजित भएको छ।बुधबार भएको फाइनल खेलमा नेपाल पीएनजीसँग ८६ रनले पराजित भएको हो।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो। नेपालका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।

सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए। ओपनर कुशल भुर्तेलले ५ र विनोद भण्डारीले ४ रन , गुल्शन झाले ६ र रोहित पौडेलले १२ रन जाेडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३ तथा करण केसी र गुल्शन झाले १–१ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once