Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

पर्सा–११ सँग भारतको यूपी ६६ रनमै अलआउट, सन्दीपले लिए तीन विकेट

spot_img

बीरगन्ज,०५ पुस । दोेस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पर्सा–११ सँग भारतको यूपी इलाभेन ६६ रनमै अलआउट भएको छ ।

बीरगन्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको यूपी इलाभेन १६ ओभरमा ६६ रनमै अलआउट भएको हो । उसका लागि समीर अन्सारीले २४, जयदीप सिंह र तरुण कुमारले १२/१२ रन बनाए ।

पर्सा–११ का लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, रञ्जित कुमार, पवन सर्राफ र रुपेश सिंहले दुई/दुई तथा शफिल्लुाह अन्सारीले एक विकेट लिए ।

प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ को सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once