Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

पुलिस समूह चरणबाटै बाहिरियो, मधेश सेमिफाइनलमा

spot_img

पोखरा, मंसिर १२ । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएसँगै मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

समूह सीमा रहेको नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश टिमले समान १ खेल जिते पनि रन रेटको आधारमा मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।

जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । ३४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once