Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

एनएसएलमा पोखराले चितवनलाई हरायो

spot_img

काठमाडौं,९ मंसिर । नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ ।

पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।

पोखराका मार्की प्लेयर आयुश घलानले पहिलो जितले उत्साह दिएको बताए । ‘हाम्रो लक्ष्य लिग जित्ने नै हो, पहिलो खेल जितेपछि त्यसले उत्साह दिएको छ’, उनले भने ।

म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once