Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

मन्त्रिपरिषदद्वारा राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

spot_img

काठमाडौँ,१७ कार्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सोबारे जानकारी गराएकी हुन् ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको बताइन् । त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाका लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने, देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय समेत गरेको ।

प्रवक्ता शर्माका अनुसार नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको ४-०-०-० रोपनी जग्गा ५ शय्याको आधारभूत अस्पताल भवन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिकामा रहेको २-१०-०-० बिघा सरकारी जग्गा प्रशासकीय भवन निर्माणार्थ उदयपुरगढी गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, युएईमा आयोजना हुने १८ औं एजुकेशन अफ द दुवै एयरशो २०२३ मा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै सरकारले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४.२९०४ हेक्टर जग्गा पच्चीस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ वटा रुखहरू हटाउन स्वीकृति दिएको छ ।

बडीकेदार गाउँपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माण गर्नका लागि राष्ट्रिय वनको १३.२ रोपनी जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे-पलौटे-विद्यापुर-गुट मायाताल सडकखण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको १४.५९ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातिका १,२९२ रुखहरू हटाउन स्वीकृति दिने, आगामी मिति २०८० कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एण्ड रोड कन्फ्रेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेन्ज कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रष्टको कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once