Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

spot_img

बीरगन्ज,०२ कार्तिक । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि गएराति पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको छ।

‘माइल्ड हर्टअट्याक भनिएको छ।समयमै अस्पताल पुर्‍याइएकाले अहिले खतरामुक्त हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, डिटेल आइसकेको छैन।’

अर्का स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भएको थियो। छाती दुख्यो भनेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई राति अस्पताल लगिएको थियो।

अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको थियो। अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once