Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

डेसिमल कलेजका कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

spot_img

वीरगंज । डेसिमल स्कूल एण्ड कलेजले वीरगंज गण्डकस्थित रहेको क्लार्कस रिसोर्टमा कक्षा ११ का नव प्रबेशी विद्यार्थीहरुकाे लागि ताजा भेटघाट तथा अभिवादन कार्यक्रम गरेको छ ।

कक्षा १२ द्वारा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस वीरगंज महानगर समितिका अध्यक्ष मनेन्द्रलालले विद्यार्थीहरु अनुशासित हुनु पर्ने वताए । अनुशासनमा रहेर पढ्ने विद्यार्थीहरुलाई अवश्य नै लक्ष्य प्राप्ती हुने उनकाे भनाई थियाे ।

कलेजको संस्थापक अध्यक्ष सनी दुबेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, ठाकुराम बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, नेशनल प्यबस वीरगंजका महनगर अध्यक्ष जियालाल गुप्ता, नगर सचिव शेख अजहर लगायत डेसिमल स्कूलका शिक्षक, शिक्षिका र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई प्रशिक्षण दिनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once