काठमाडौं,१९असाेज । चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ।
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले दिएको ११५ रनको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।
शुक्रबार बिहान भएको खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनल पुगेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो। भारतले ९.२ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो।
भारतका लागि रितुराज गायकवार्डले ४० र तिलक बर्माले ५५ रनको अविजित पारी खेल्दै भारतलाई जित दिलाएका थिए।





