Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

धनुषामा प्रहरीद्वारा लाखौँको पटाका बरामद

spot_img

जनकपुरधाम,असोज १७ । चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँको पटाका बरामद गरेको छ ।

प्रहरीले मंगलबार मध्यान्ह जिल्लाको बिदेह नगरपालिका २ सलैता गाछि स्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल पटाका ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ ।

मोटरसाइकलमा पटाका ल्याउँदै गरेकोमा इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटेको गस्ति टोलीलाई देखेर पटाका फाली मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको पटाका अन्दाजी १ लाख ९३ हजार २ सय बराबरको रहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once