Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ

spot_img

वीरगंज,१४ असाेज । वीरगन्ज ४ बिर्तामा रहेको बाल सुधार गृहबाट दुईदिन पहिले फरार भएका दुईजना बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
गत शुक्रबार बिहान २ बजेको समयमा सुधार गृहमा लगाइएको काँडेतार काटेर छतबाट हाम फालेर फरार भएका दुवैलाई सर्लाही र सिरहाकाे सीमा क्षेत्रकाे अलग अलग स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनाेद काफ्लेकाे नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टाेलीले शनिबार राति एक जनालाई र अर्कोलाई आइतबार बिहान १० बजे पक्राउ गरेकाे शाहले बताए ।
एक जनालाई बिहारकाे सीतामढीबाट र अर्कोलाई बिहारकै मधुवनीबाट नियन्त्रणमा लिएको प्रहरी श्राेतले जनाएको छ ।
बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएका थिए।
प्रहरीका अनुसार शुक्रबार बिहान सुधारगृहबाट भागेका दुवै बालकैदीहरु वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेट अगाडिबाट भारतकाे रक्साैलतर्फ गएकाे दृश्य नाकामा जडान गरिएको सिसि टिभीमा रेकर्ड भएकाे थियाे ।
उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली उनिहरुलाई खाेज्न भारत गएको थियो।
१२६ जना बालकैदी राखिएको बाल सुधार गृहमै गत भदाैं २६ गते बालकैदीहरुबिच विवाद भई झडप हुदाँ ३ प्रहरी र ११ जना बालकैदीहरु घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once