Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला

spot_img

बारा,११ असाेज । बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार साँझकाे समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो ।

सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ ।

मृतक लाशको शरीरमा बैजनी रंगको सर्ट, सो सर्टको गोजीमा गुलाबी रंगको पेन र बाँया हातको नाडीमा कालो प्सलाष्र्टटिकको फिता भएको घडी लगाएको छ ।

सोही हातमा कालो रंगको पछाडी भिड्ने झोला रहेको सो झोलामा केही नभई खाली रहेको सर्ट भित्र कालो स्यानडो लगाएको, तल कालो पाईन्ट लगाएको सो पाईन्टको पछाडीको गोजीमा कलेजो रंगको पर्स र सो पर्समा सुदिर कुमार लामा लेखिएको भु.पु सैनिक सुरक्षा गार्डको परिचय रहेकोको प्रहरीले जनाएको छ । यस्तै रातो बुट्टेदार कट्टु लगाएको दुबै खुट्टामा कालो कपडाको जुत्ता लगाएको सो लाश भन्दा एक फिट पुर्व भुईमा रातोमा बुट्टा भएको ढाका टोपि रहेको छ ।

हालसम्म शवको पहिचान हुन नसकेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once