Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

सर्लाहीमा सद्भाव कायम गर्न लोसपाको आग्रह

spot_img

काठमाडौँ,१० असाेज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सर्लाहीमा समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी केही दिनदेखि सर्लाहीको मलंगवामा देखिएको समाजिक तथा धार्मिक तनावप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बहु जातीय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिकसहितको विविधतायुक्त देश हो र पूर्णरुपेन सहिष्णु समाजिक परिवेश नै पहिचानरहेको उनले उल्लेख गरेका छन् ।

एक अर्काको विविधिता युक्त पहिचानलाई सम्मान गर्दै समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अध्यक्ष ठाकुरले आग्रह गरेका छन् । सरकार तथा स्थानीय प्रशासनलाई आवान्छित क्रियाकलापमा संलग्नलाइ कार्यवाही तथा जिल्लामा कानुन, व्यवस्थ कायम गर्न उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once