Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

चाडपर्बलाई लक्षित गरी बीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

spot_img

बीरगंज,१०असाेज । बीरगन्ज महानगरपालिकाले आँउदै गरेकाे दशैं,तिहार र छठपर्बलाई लक्षित गरअं बजार अनुगमन कार्यलाई तिब्र पार्ने भएकाे छ ।

महानगरपालिका कार्यालय अन्तर्गतकाे बजार व्यवस्थापन तथा अनुगमन समितिको बुधबार बसेकाे बैठकले चाडपर्बका बेला बजार तथा पसलमा व्यपारीले कृत्रिम अभाव सृजना गर्ने तथा कालाेबजारी गर्ने सम्भावना बढी हुने भएकाले त्यसलाई राेक्न बजार अनुगमनलाई अझ प्रभावकारी र तिब्र पार्ने निर्णय गरेकाे हाे ।

उपमेयर समेत रहेका समितिका संयोजक इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले बजार अनुगमन प्रभावकारी बनाउँदै कालाेबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र ग्राहकलाई ठग्ने पसल र फर्मका सन्चालकलाई कानुनी कारबाहीकाे दायरामा ल्याउने निर्णयपनि गरेकाे छ ।

बैठकमा अनुगमन समितिका संयाेजक एंव उपमेयर आलमले दशैं, तिहार , छठ लगायत चाडपर्बका समयमा बजारमा उपभोक्ता ठगीने सम्भावना बढी हुने भएकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,उपमेयरका निजि सचिव रबिनन्दन सिंह,कार्यपालिका सदस्य कन्हैया ठाकुर,प्रहरी निरीक्षक पुष्कर बोगटी,ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा,सशस्त्र प्रहरी नायब कमलेश पुरी,होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त,बीरगन्ज उद्योग वाणिज्य संघका सुरेश कुमार रुङ्गटा,खाद्य अधिकृत विपिन कुमार, उपभोक्ता अधिकारकर्मी अजित भुजेल,पत्रकार राहुल गुप्ताको लगायतकाे सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once